पोखरा फाइनान्सद्वारा कर्जा ग्राहकलाई ब्याज तथा हर्जाना छुट योजना

६ चैत्र २०८१, बुधबार ११:३४

काठमाडौं। हालको आर्थिक शिथिलता र व्यापारिक क्षेत्रमा देखिएको मन्दीलाई मध्यनजर गर्दै पोखरा फाइनान्स लिमिटेडले कर्जा नियमित वा चुक्ता गर्न नसकेका ग्राहकहरूलाई राहत दिने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको छ।

विगत १८१ दिन वा सोभन्दा बढी समयदेखि भाखा नाघेका कर्जाहरूलाई लक्षित गर्दै ल्याइएको योजनाअन्तर्गत, कर्जा ग्राहकहरूले कर्जा २०८१ चैत्र मसान्तभित्र चुक्ता वा नियमित गरेमा हर्जाना शतप्रतिशत छुट पाउनेछन्। साथै, साधारण ब्याजमा समेत निश्चित प्रतिशत छुट प्रदान गरिनेछ।

यस योजना अनुसार भाखा नाघेको अवधिका आधारमा निम्नानुसार छुट व्यवस्था गरिएको छ:

-१८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेको कर्जामा १० प्रतिशत ब्याज छुट

-३६६ दिनदेखि ७३० दिनसम्म भाखा नाघेको कर्जामा २० प्रतिशत ब्याज छुट

-७३१ दिनभन्दा माथि भाखा नाघेको कर्जामा ३० प्रतिशत ब्याज छुट

यस छुट योजनाबाट लाभान्वित हुन इच्छुक कर्जा ग्राहकहरूले २०८१ चैत्र मसान्तभित्र आफ्नो कर्जा चुक्ता वा नियमित गर्नुपर्नेछ। फाइनान्सले यस योजनाले ग्राहकहरूको वित्तीय भार कम गर्न सहयोग गर्ने विश्वास लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*