ग्लोबल मनि विक २०२५: जब्दी साना किसान कृषि सहकारीद्वारा वित्तीय साक्षरता

६ चैत्र २०८१, बुधबार १२:५९

काठमाडौँ । ग्लोवल मनि विक २०२५ को अवसरमा जब्दी साना किसान कृषि सहकारी संस्था लि. इटहरी उ.म.न.पा. १९ ले स्थानीय जब्दी माध्यमिक विद्यालयका ३१ जना विद्यार्थिहरुलाई युवा पुस्तामा डिजिटल बैङकिङ र वित्तीय साक्षरताका महत्वपूर्ण विषयहरू उजागर गर्ने उद्देश्यले वित्तीय साक्षरता तालिम प्रदान गरेको छ।

तालिम कार्यक्रममा विद्यार्थिहरुलाई बचत, ऋण र बजेटको अवधारणा प्रस्ट पार्ने उद्देश्यले प्रतियोगितात्मक खेल खेलाइ, पुरस्कृत गरिएको थियो। यसैगरी, डिजिटल साक्षरता र सुरक्षित बैङकिङ कारोबारको लागि अपनाउनुपर्ने उपायहरूको विषयमा छलफल गरियो।

तालिमको समापनपछि, साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा विद्यार्थिहरुलाई भ्रमण गराई, वित्तीय र गैर वित्तीय सेवा प्रदान गर्ने प्रक्रिया र सेवाका शर्तहरूसम्बन्धी छलफल गरिएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष भानु कुमार चौधरीको अध्यक्षता र सरोज भट्टराई र दिलिप कुमार चौधरीको सहजीकरणमा सम्पन्न भएको हो।

ग्लोबल मनि विक अभियानलाई Organization for Economic Cooperation and Development (OECD) ले २०१२ देखि विश्वभर सञ्चालन गर्दै आएको छ। नेपालमा यस अभियानको आयोजन नेपाल राष्ट्र बैंकको संयोजनमा २०१३ देखि गरिँदै आएको हो। यो अभियानले हालसम्म १७६ भन्दा बढी मुलुकका छ करोडभन्दा बढी बालबालिका, किशोरकिशोरी र युवाहरुलाई लाभान्वित गरेको छ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय इटहरीको वित्तीय र प्राविधिक सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो। यस कार्यक्रमले युवाहरुलाई वित्तीय साक्षरताबारे बुझ्न र डिजिटल प्लेटफर्ममा सुरक्षित कारोबार गर्नका लागि मार्गदर्शन गरेको विश्वास गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*