बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको लागि राष्ट्र बैंकको नमूना विनियमावली संशोधन गर्न माग
६ चैत्र २०८१, बुधबार १३:२५

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि नेपाल राष्ट्र बैंकको नमूना विनियमावलीमा आवश्यक संशोधन माग गरिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको संगठनले नेपाल राष्ट्र बैंक, बैक तथा वित्तीय संस्था नियमन विभागमा राय/सुझाव पेश गरेको हो ।
नेपाल राष्ट्र बैंकको नमुना विनियमावलीमा आवश्यक संशोधन गरी एकिकृत कर्मचारी सेवा विनियमावली बनाई लागु गर्न आवश्यक देखिएकोले सोही बमोजिम एकिकृत कर्मचारी सेवा विनियमावली बनाउँन सो राय सुझाव पेश गरिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्था सम्बधि सर्वोच्च अदालतले दिएको आदेशले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तरङ्गित बनेका छन् ।













