धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव विशेषाङ्कका लागि लेख रचना माग

काठमाडौँ ।नेपाल धितोपत्र बोर्डले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गर्न लागिएको लेख विशेषाङ्कका लागि लेख आह्वान गरेको छ। बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभाग खुमलटार, ललितपुरद्वारा जारी सूचनामा आगामी जेठ २५ गतेबाट बोर्ड ३३ औं वर्षमा प्रवेश गर्ने जानकारी दिइएको छ।
बोर्डले धितोपत्र बजार, पूँजी बजार, मुद्रा बजार तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा आधारित तथ्यपरक तथा विश्लेषणात्मक लेखहरू माग गरेको छ। नेपाली वा अंग्रेजी भाषामा तयार पारिने यस्ता लेख/रचना कम्तीमा २,५०० शब्दको हुनुपर्नेछ। इच्छुक लेखकहरूले २०८२ सालको वैशाख १५ गतेभित्र आफ्नो मौलिक लेख बोर्डको आधिकारिक इमेल [email protected] मा पठाउन सक्नेछन्।
बोर्डले लेखहरू अन्यत्र कतै प्रकाशन नभएको र प्रकाशनको लागि समेत नपठाइएको हुनुपर्ने शर्त राखेको छ। लेख प्रकाशन गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा बोर्डको अधिकारक्षेत्रमा पर्ने समेत सूचनामा उल्लेख गरिएको छ।













