नेष्डो समृद्ध लघुवित्तद्वारा सीईओ पदका लागि दरखास्त आह्वान, योग्यता कति ?

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त तथा राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएको संस्थाले उक्त पदमा नियुक्तिका लागि आवश्यक योग्यताका आधारमा इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो।
संस्थाले प्रकाशित सूचनाअनुसार आवेदन दिन चाहने व्यक्तिले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक तथा कार्य अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपिसहित २०८२ साल वैशाख ४ गते कार्यालय समय अपराह्न ५ः३० भित्र संस्थाको इमेल ठेगाना [email protected] मा वा संस्थाको कार्यालयमा हार्डकपी समेत बुझाउनु पर्नेछ।
आवेदनकर्ताले चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानूनमध्ये कुनै एक विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु आवश्यक छ। साथै बैंकिङ, सरकारी निकाय वा संगठित संस्थामा अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
यसका अतिरिक्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तथा व्यवस्थापन तहमा रही कम्तीमा १० वर्ष कार्य अनुभव प्राप्त गरेका, उच्च सम्पर्क र समन्वय गर्न सक्ने क्षमता भएका र लघुवित्त क्षेत्रमा विद्यमान समस्याको सामना गर्न सक्ने इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ। उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ। तलब र सुविधाहरू आपसी समझदारीमा निर्धारण गरिनेछ।














