क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
२७ चैत्र २०८१, बुधबार १३:०४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँका दरले ७५ लाख कित्ता आइपीओ नेप्सेमा आज सूचीकृत भएको हो ।
कम्पनीको ओपनिङ रेन्ज एक सय रुपैयाँ ८६ पैसादेखि ३०२ रुपैयाँ ५६ पैसासम्म्म तोकेको छ । कम्पनीको आज सूचीकृत भएको आइपीओ भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।













