यूनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

२७ चैत्र २०८१, बुधबार १६:३६

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं बार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजीको १ :०.६५ को अनुपातमा हकप्रद शेयर निश्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले यस अघि  १ : १ को अनुपातमा हकप्रद शेयर जारी तथा निश्कासन गर्ने निर्णयलाई संशोधन गरी १ :०.६५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव बार्षिक साधारणसभा पेश गरेको थियो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत भएको  बार्षिक प्रतिवेदन उपर छलफलगरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१  का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रबाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयर निश्कासन लागि कम्पनीको अधिकृत तथा जारी पुँजी बृद्धि गर्ने, हकप्रद शेयर जारी तथा निश्कासन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको  प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरु कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*