ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल र गौतम निर्विरोध निर्वाचित
२८ चैत्र २०८१, बिहीबार १०:४४

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सूर्यप्रसाद लम्साल र आशिष गौतम निर्विरोध निर्वाचित भएका छन्। बैंकको १२औं वार्षिक साधारण सभा चैत २७ गते बागलुङ नगरपालिका–०२, हरि शंकर रोडस्थित होटल पिस प्यालेसमा सम्पन्न भएको थियो।
बैंकको नियमावलीअनुसार सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व हुने गरी दुई जना सञ्चालकको निर्वाचनको प्रक्रिया अघि बढाइएकोमा अन्य कुनै उम्मेदवारी नपरेपछि लम्साल र गौतम निर्विरोध निर्वाचित भएका हुन्।












