होटल इच्छाले ३० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

२८ चैत्र २०८१, बिहीबार १२:५७

काठमाडौँ । होटल इच्छा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको हो ।

होटल इच्छा लिमिटेडको ३० लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्रि प्रबन्धन सम्बन्धि सम्झौता गरेको छ । बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होेटल, होटल ईच्छा लिमिटेडको अधिकृत पूँजी रु. २०० करोड रहेको र जारी पूँजी रु. १५० करोड रहेकोमा उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात रु. ३० करोड रकम बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो ।

बिक्री प्रबन्धक नियुक्त सम्बन्धी पत्रमा हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशक कम्पनी होटल इच्छा लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेलले हस्ताक्षर गरेका हुन् ।

पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित होटल ईच्छा लिमिटेडमा सुविधा सम्पन्न १०० वटा कोठाहरु रहेका छन् भने स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस आदि समेत सुविधाहरु रहेका छन् । होटललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहलाई होटल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको छ । भारतको मुख्य गरी विहार प्रदेशका नागरिकका लागि डेस्टिनेशन म्यारिज हव बनेको यस होटलले मधेश प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुर्याऐको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*