राष्ट्र बैंकद्वारा ‘फ्रेमवर्क फर आइडेण्टिफाइङ सिस्टेमिकली इम्पोर्टेन्ट पेमेण्ट सिस्टम्स’ मस्यौदा सार्वजनिक, राय सुझाव माग

काठमाडौँ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘फ्रेमवर्क फर आइडेण्टिफाइङ सिस्टेमिकली इम्पोर्टेन्ट पेमेण्ट सिस्टम्स’ मस्यौदा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले उक्त मस्यौदामा सरोकारवाला व्यक्ति तथा निकायहरूबाट राय सुझाव माग गरेको छ।
राष्ट्र बैंकले मस्यौदा आफ्नै वेबसाइट www.nrb.org.np मा राखेको छ। सम्बन्धित सबै पक्षहरूलाई सो मस्यौदा अध्ययन गरी आवश्यक सुझाव तथा परिमार्जनको प्रस्ताव पठाउन अनुरोध गरिएको छ। यसका लागि २०८२ सालको जेठ ४ गतेभित्र सुझावहरू इमेलमार्फत [email protected] मा पठाउन सकिने व्यवस्था गरिएको छ।
भुक्तानी प्रणालीको स्थायित्व र वित्तीय प्रणालीमा पार्ने असरको गम्भीरतालाई ध्यानमा राख्दै यस्तो रूपरेखा तयार गरिएको हो।













