गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो, ईपीएस कति?

५ बैशाख २०८२, शुक्रबार ११:४७

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २०.६२ प्रतिशतले बढेको हो।

कम्पनीले गत आवमा २ करोड २४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २ करोड ७१ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

कम्पनीको खुद ब्याज आम्दानी गत आवमा ५ करोड ६९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा गत आवमा झण्डै ३ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै ४ करोड १५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोषमा साढे ५३ करोड बढी, ऋण १ अर्ब ३२ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ८८ करोड रुपैयाँबढी रहेको छ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा र खराब कर्जा ३.०१ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*