आईपीओ निष्कासनको माग गर्दै माउण्टेन ग्लोरीले बोर्डमा दियो निवेदन
५ बैशाख २०८२, शुक्रबार १३:१७

काठमाडौं । माउण्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ४० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। यसँगै आईपीओका लागि निवेदन दिने होटल तथा पर्यटन क्षेत्रको कम्पनीको संख्या ९ पुगेको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।













