महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

१० बैशाख २०८२, बुधबार ०७:००

काठमाडौं । महालक्ष्मी विकास बैंक चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बनेको छ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालू आवको चैत्र मसान्तसम्म बैंकको कोष लागत मात्र ५.०४ प्रतिशत रहेको छ। अघिल्लो आवको सोही अवधिमा यो ७.६२ प्रतिशत थियो। कोष लागत घटेसँगै बैंकको आधार दर पनि ७.१४ प्रतिशत मा झरेको छ जुन अन्य बैंकको तुलनामा कम हो। आधार दर कम हुँदा ग्राहकले ऋण लिँदा तिर्नुपर्ने ब्याज पनि कम हुने भएकाले ग्राहकले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

यसका साथै नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको मापदण्ड अनुसार महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष अनुपात पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १२.७५ प्रतिशत रहेको अनुपात यस वर्षको चैत्र मसान्तसम्ममा १५.७५ प्रतिशत पुगेको छ। यसले बैंकलाई जोखिम व्यवस्थापनमा सघाउनेछ र व्यवसाय विस्तारका लागि पुँजीको कमी नपर्ने संकेत गर्दछ।

बैंकले हालै आफ्नो डिजिटल सेवा प्रणालीलाई थप सुदृढ बनाउने नीति अनुरूप “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ। यसमार्फत बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सजिलो डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*