नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

१० बैशाख २०८२, बुधबार ०८:०५

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो जेठ ५ गते धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने गरी अठारौं वार्षिक साधारणसभा बोलाएको छ।

गत वर्ष शेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यस वर्ष पनि लाभांश नबाड्ने निर्णय गरिसकेको छ। सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्नेछ।

त्यस्तै संस्थापक र सर्वसाधारण समूहबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीले सभा प्रयोजनार्थ वैशाख २१ गते बुक क्लोज गर्ने भएकाले २० गतेसम्म कायम शेयरधनीहरू मात्र उक्त सभामा उपस्थित हुन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*