वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ३९ अर्बः ग्लोबल र नबिल अघि, अन्य कुनको कति ?

११ बैशाख २०८२, बिहीबार १२:१७

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी २.५९ प्रतिशतले घटेको छ । चैत मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले १ खर्ब ३९ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।

गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले १ खर्ब ४३ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्षको तुलनामा ७ वटा बैंकको मात्र खुद ब्याज आम्दानी बढेको छ । बाँकी १३ वटाको घटेको छ ।

सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा भने ५.४६ प्रतिशतले कम हो ।

त्यस्तै, नबिल बैंकको पनि यस्तो आम्दानी १२ अर्ब ५ करोड रहेको छ । जुन गत आवको तुलनामा भने ३.९६ प्रतिशतले कम हो ।

एभरेष्ट बैंकको खुद ब्याज आम्दानीको वृद्धिदर सबैभन्दा धेरै १९.७२ प्रतिशत रहेको छ । बैंकको उक्त आम्दानी ६ अर्ब ७४ करोड पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*