सरकारको सकारात्मक सन्देशको कारण बजार सुधारको लयमा, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१४ बैशाख २०८२, आईतवार १५:०६

काठमाडौं । गत साता निराशनपन छाएको शेयर बजारमा आज केही भएपनि सकारात्मक देखिएको छ । वैदेशिक भ्रमण सकेर आए लग्त्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच हिजो मध्यरातमा भेटवार्ताको कारण बजार सकारात्मक लयमा जान लागेको लगानीकर्ताहरुको बुझाई छ।

सरकार ढ्ल्ने त्रास, गर्भनर नियुक्तिमा ढिलाई र काग्रेंसका सभापति देउवाको बैंकक भ्रमणको कारण राजनितिक अस्थिरताको अन्यौलमा लगानी गर्न हिच्किचाएको लगानीकर्ताहरुमा आज केही हदसम्म बजारको लागि सकारात्मक देखिन खोजेको छ।

आज नाग्दी पावरको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, रादी जलविधुत्, हिमालयन डिष्टलरी, अरुण भ्याली, युनिभर्सल पावर, सानिमा माई, निफ्रा र हिमालयन रि को सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*