गभर्नर छनौट समितिको नयाँ सदस्यमा पूर्व गभर्नर डा. तिलक रावल र चिरञ्जीवी नेपालबारे छलफल

१४ बैशाख २०८२, आईतवार १८:००

काठमाडौं । सरकारले गभर्नर नियुक्तीका लागि अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा गठन गरेको छनौट समितिलाई पूर्णता दिन पूर्व गभर्नर डा. तिलक बहादुर रावल र चिञ्जीवी नेपालको नाममाथि छलफल अघि बढाएको छ।

यसअघि सरकारले गठन गरेको छनौट समितिका बिज्ञ सदस्य पूर्व गभर्नर बिजयनाथ भट्टराईले राजिनामा दिएपछि छनौट समिति अप्ठेरोमा परेको थियो । छनौट समितिलाई पूर्णता दिन पूर्व गभर्नर मध्यबाट एक जनालाई मन्त्रिपरिषदबाटै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।

बीमापोष्टलाई प्राप्त सूचना अनुसार सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा गभर्नर नियुक्तीका गठित छनौट समितिमा पूर्व गभर्नरहरु डा. तिलक बहादुर रावल र डा. चिरञ्जीवी नेपाल मध्येबाट एक जनालाई नियुक्त गर्नेबारे छलफल भएको छ ।

स्रोतका अनुसार भोलि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट गभर्नर छनौट समितिलाई पूर्णता दिइनेछ । समितिले पूर्णता पाएपछि कार्यविधि बनाई १५ दिने सूचना मार्फत आवेदन माग गरी एक जना डेपुटी गभर्नर सहित तीन जना योग्य उम्मेवारलाई सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । मन्त्रिपरिषदले सोही छनौट समितिले सिफारिस गरेका ३ जना मध्ये एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*