नेप्सेमा ग्रिन भेन्चरको बोनस शेयर सूचीकृत
१५ बैशाख २०८२, सोमबार १६:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रिन भेन्चर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस बापतको ३१ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब मंगलबारदेखि उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।













