पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?

१५ बैशाख २०८२, सोमबार १७:०९

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओको बाँडफाँट प्रक्रिया पूरा भइसकेको छ। बाँडफाँट सम्पन्न भएसँगै लगानीकर्ता अब दोस्रो बजारमा यसको प्रारम्भिक कारोबार मूल्य कति रहला भन्ने उत्सुकतामा छन्।

आइपीओमा सहभागी भएका धेरै लगानीकर्ताको मुख्य चासो भनेको दोस्रो बजारमा प्रारम्भिक कारोबारको मूल्य कति रहने हो भन्ने नै हो। पियोर इनर्जी लिमिटेड अब चाँडै नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आउनेछ। कम्पनीको प्रतिकित्ता वास्तविक नेटवर्थ आव २०८०।८१ अनुसार ९६ रुपैयाँ ४५ पैसा रहेको छ। नेप्सेले पहिलो कारोबारको लागि तीन गुणासम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गर्ने नियमअनुसार पियोर इनर्जीको प्रारम्भिक कारोबार मूल्य न्यूनतम ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म रहने देखिएको छ।

अब कम्पनी नेप्सेमा सूचीकृत भएपछि तोकिएको रेञ्जभित्र नै पहिलो कारोबार सुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*