स्वस्तिक लघुवित्तको नाफासँगै ईपीएस पनि धनात्मक

१६ बैशाख २०८२, मंगलवार ०६:५४

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म ६८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्ष यसै अवधिसम्म कम्पनीको खुद नाफा ७६ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा घटेर धनात्मक भएको हो। यससँगै गत वर्ष २२ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी (ईपीएस) पनि यस वर्ष १९ रुपैयाँ ७१ पैसा धनात्मक भएको छ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि ऋणात्मक रहेकोमा चालू आवमा घटेर साढे ९७ लाख रुपैयाँ धनात्मक भएको छ। गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ४३ लाख ३३ हजार रुपैयाँ मात्रै रहेकोमा चालू आवमा उल्लेख्य बढेर २ करोड ७६ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

चुक्ता पूँजी ३ करोड ४६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा साढे ५९ करोड बढी र रिजर्भमा २ करोड ५७ लाख रुपैयाँ रहेको छ। कम्पनीले साढे ५० करोड रुपैयाँ सापटी लिएर ६३ करोड रुपैयाँ कर्जा प्रवाह र ९ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ५.६५ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७.१५ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा साढे ५८ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष घटेर १३ लाख रुपैयाँमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*