राष्ट्र बैंकले मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड रुपैयाँ लगानी गर्ने

१६ बैशाख २०८२, मंगलवार ०९:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा तीन अर्ब सात करोड ५२ लाख रुपैयाँ, विकास बैंकहरूमा ५७ करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा १९ करोड २१ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो।

यो निक्षेप मे १७ गतेदेखि शुरू भई २०२६ मे १७ सम्म ३६६ दिनको अवधि रहनेछ। निक्षेप लिन इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आउँदो मंगलबार राति १२ बजेसम्म तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव पठाउनु पर्नेछ।

निक्षेप राख्नका लागि संस्था सञ्चालनमा कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, न्यूनतम पुँजी कोष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जाको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने जस्ता सर्तहरू राष्ट्र बैंकले राखेको छ।

Investment-Notice-FMD-2082.01.15

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*