एनएमबि बैंकले ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, बोर्डमा दियो निवेदन

१६ बैशाख २०८२, मंगलवार १३:१९

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वार्षिक ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ। यसबाट बैंकले कुल ५ अर्ब रुपैयाँ संकलन गर्ने छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*