फर्स्ट माइक्रोफाइनान्सको नाफा करीब आधा घट्यो, लाभांश क्षमता कति?

१७ बैशाख २०८२, बुधबार ०७:४५

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको यसै अवधिसम्म १३ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको कम्पनीको यस वर्ष खुद नाफा ४५.७७ प्रतिशतले घटेको हो।

खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ ८ पैसाबाट घटेर ७ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) पनि साढे ९ करोड रुपैयाँबाट घटेर ५ करोड १९ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको निष्क्रिय कर्जा ३.१२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुग्दा खुद ब्याज आम्दानी २५ करोड ३० लाख रुपैयाँबाट घटेर १५ करोड ७० लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि १८ करोड ७८ लाख रुपैयाँबाट १० करोड १५ लाख रुपैयाँ झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा छ।

चुक्ता करीब १ अर्ब साढे ३४ करोड रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ र रिजर्भमा साढे ३० करोड रुपैयाँभन्दा बढी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*