एनएमबि बैंकको शेयर ८६ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

१७ बैशाख २०८२, बुधबार ०८:५२

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

निवेदनपछि बिक्रेतासँग समन्वय गरेर आपसी सहमतिमा मात्रै खरीद–बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको सूचनामा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*