आज यी १३ बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । कारोबार साताको चौथो दिन अर्तात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ विन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज लाइफ इन्स्योरेन्स इन्डेक्स ०.०८ प्रतिशतले बढेको छ भने ननलाइफ इन्स्योरेन्स इन्डेक्स ०.१२ प्रतिशतले घटेको छ । यस दिन कुल १३ बीमा कम्पनीको मात्र शेयरमूल्य बृद्धि भएको छ ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्स शेयरमूल्य १० प्रतिशतले बढेर १३८७.४० रुपैयाँ र क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशतले बढेर ११४७ रुपैयाँ पुगेको छ
साथै, आज लाइफ इन्स्योरेन्स इन्डेक्समा कारोबार भएका कम्पनीहरुमध्ये एशियन लाइफको ०.८० प्रतिशत, हिमालयन लाइफको ०.५४ प्रतिशत, आइएमई लाइफको ०.१६ प्रतिशत, एलआइसी नेपालको ०.०४ प्रतिशत, नेपाल लाइफको ०.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४० प्रतिशत, सन नेपाल लाइफको ०.९१ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
साथै, ननलाइफ इन्स्योेरेन्स इन्डेक्समा कारोबार भएका कम्पनीहरुमध्ये आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२९ प्रतिशत र सानिमा जिआइसीको ०.४१ प्रतिशतले शेयरमूल्य बढेको छ ।













