गरिमा विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा
१८ बैशाख २०८२, बिहीबार ०८:२६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ६५ हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको छ।
यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले जेठ २१ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।













