सिवाईसी नेपाल लघुवित्तको नाफा र ईपीएस करीब दोब्बर बढ्यो, लाभांश क्षमता कति?

१८ बैशाख २०८२, बिहीबार १०:०७

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म २ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा चालू आवमा कम्पनीको खुद नाफा करीब दोब्बर वृद्धि भएको हो।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि झण्डै दोब्बर बढेको छ। गत वर्ष १४ रुपैयाँ ०२ पैसा रहेको कम्पनीको ईपीएस चालू आवमा बढेर २७ रुपैयाँ ९६ पैसा पुगेको छ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २० करोड ७३ लाख रुपैयाँबाट बढेर २९ करोड २२ लाख रुपैयाँ र सञ्चालन नाफा ३ करोड ४० लाख रुपैयाँबाट बढेर ७ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा साढे ६ करोड रुपैयाँभन्दा बढी र रिजर्भमा ३८ करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ।

निष्क्रिय कर्जा ८.४९ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ५१ पैसा र वितरणयोग्य नाफा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*