कहाँ पुग्यो विन नेपाल लघुवित्तको एफपीओ सूचीकरण प्रक्रिया ?

१८ बैशाख २०८२, बिहीबार ११:२४

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ एफपीओ सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म निष्कासन तथा विक्री गरी वैशाख ७ गते बाँडफाँट गरेको सो एफपीओ सूचीकरण सूचीकरणको अन्तिम तयारीमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

कम्पनीको एफपीओ ५ हजार १२९ जनाले पाएका छन् । हाल धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले थप सार्वजनिक निष्कासन गरेको हो । कम्पनीको शेयर मूल्य वैशाख १४ गतेको कारोबारमा प्रतिकित्ता २ हजार ७५२ रुपैयाँ १० पैसा कायम छ ।

५ हजार १२९ जनाले पाएको कम्पनीको एफपीओको पहिलो कारोबारका लागि कति मूल्य तोकिएला भन्ने एफपीओ प्राप्त गर्नेहरूमा चासो देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*