स्वाभिमान लघुवित्तको साधारण सभा आज, लाभांश पारित गरिने

१९ बैशाख २०८२, शुक्रबार ०६:२४

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ।

उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने छ।

यसका साथै सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

त्यस्तै रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*