ओम मेगाश्रीको पहिलो कारोबार कतिमा भयो ?
२१ बैशाख २०८२, आईतवार ११:०१

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर कारोबार आज अर्थात् आइतबारदेखि सुरु भएको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २७० रुपैयाँमा खुला भएको हो । अब सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
ओमको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।













