महाप्रसाद थपिएपछिको पहिलो बैठक नै स्थगित, गभर्नर नियुक्ती संकटपूर्ण अवस्थामा

काठमाडौं । संसदमा दुई तिहाई बहुमत रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार एक थान गभर्नर नियुक्त गर्न असफल भएको छ । गत चैत्र २३ गतेदेखि नेतृत्व विहिन बनेको नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको टुंगो अझै लाग्न सकेको छैन । यसैबीच, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी समावेश गरेर नयाँ समिति गठन भएपछिको पहिलो बैठक नै स्थगित भएको छ ।
सिंहदरवारमा आज अर्थमन्त्री बिष्णु पौडेलले पहिलो बैठक डाकेका थिए । तर, आजको लागि डाकिएको पहिलो बैठक पनि स्थगित भएको छ । अर्थमन्त्रीले आज साँझ बोलाइएको बैठक स्थगित गर्नुलाई शंकास्पद रुपमा हेरिएको छ ।
माफिया र बिचौलियाका लागि काम गरेको आरोप लागेका अर्थमन्त्री बिष्णु पौडेलले यसअघि पूर्व गभर्नर बिजयनाथ भट्टराई सदस्य रहेको छनौट समितिको बैठक नै नराखेका कारण भट्टराईले पदबाट राजिनामा दिएपछि छनौट समिति नै अलपत्र परेको थियो । मन्त्रिपरिषदले पुनः पूर्व गभर्नर भट्टराईको राजिनामा स्वीकृत गरी निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई थप गरी गभर्नर नियुक्ती प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

बीमा प्राधिकरणमा चौधरी ग्रुपमा बिनोद चौधरीले आरजु राणा र अर्थमन्त्री बिष्णु पौडेलसँग सेटिङ हानेर योग्यता नै नपुगेको व्यक्तिलाई फर्जी कागजातका आधारमा बीमा प्राधिकरणको अध्यक्ष बनाएका थिए । अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर समेत त्यसैगरी सेटिङमा नियुक्ती गर्न लागेपछि सत्ता गठबन्धनभित्रै चर्को विरोध भइरहेको छ । यस पटक बिशाल ग्रुप, चन्द्र ढकालको आईएमई ग्रुप, बिनोद चौधरी सिजी ग्रुपबाट बढाबढमा गभर्नर पद लिलाम गर्न लागेको आरोप अर्थमन्त्री पौडेलमाथि लागेको छ । त्यति हुँदा पनि लाज पचाएका अर्थमन्त्री पौडेलले आजको लागि डाकिएको पहिलो बैठक नै स्थगित गर्नुलाई पैसाको मोलमोलाई नमिलेको हो कि ? भन्ने चर्चा बजारमा व्याप्त छ ।
त्यसो त निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनौट समितिमा नियुक्ती गरेको बिषय पनि नैतिक र कानुनी प्रश्नको घेरामा परेको छ । गभर्नर नियुक्ती गर्दा दुई जना डेपुटी गभर्नर मध्ये एक जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । तर, महाप्रसाद अधिकारीले एक जना डेपुटी गभर्नरलाई सामान्य कारवाही समेत गरकोेले उनले गर्ने छनौट कसरी निष्पक्ष हुन्छ ? पाँच बर्षसम्म सँगै काम गरेको दुई जना मध्ये कार्य सम्पादन मूल्याङ्कनका आधारमा बाहेकको मूल्याङ्कनमा महाप्रसाद अधिकारीले गर्ने छनौट अनौतिक हुने चर्चा पनि राष्ट्र बैंकभित्र फैलिएको छ ।
उता, आजको लागि डाएिको गभर्नर छनौट समितिको पहिलो बैठक समेत स्थगित भएपछि दुई तिहाई बहुमतको ओली नेतृत्वको सरकारको औचित्य र क्षमतामाथि गम्भिर प्रश्न चिन्ह उठेको छ । साथै सरकार गम्भिर संकटका बीचमा गुज्रिरहेको तथ्यले पुष्टि गर्न आएको छ । संसदमा दुई तिहाई हुने एक थान गभर्नर नियुक्त गर्न दुई महिनासम्म पनि नसक्नुले प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्ने आवाज उठ्न थालेको छ ।













