अन्तिम दिनसम्म कति जनाले भरे ट्रेड टावरको आइपीओ ?

२२ बैशाख २०८२, सोमबार १८:२८

काठमाडौँ । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ९२ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन वैशाख २२ गते साँझ ५ः०५ बजेसम्म ५८ हजार २७८ जनाले १२ लाख ९२ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९।३० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*