खराब कर्जा बढेपछि इन्फिनिटी लघुवित्तको नाफा र ईपीएसमा भारी गिरावट

२३ बैशाख २०८२, मंगलवार ०८:२८

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ लाख ६१ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म करीब ५ करोड २६ लाख लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष ९८.७४ प्रतिशतले खुद नाफा घटेको हो।

यस वर्ष कम्पनीको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेपछि नाफा प्रभावित भएको हो। योसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १४ रुपैयाँ १० पैसाबाट घटेर १८ पैसामा झरेको छ।

यता कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ३७ लाख रुपैयाँबाट बढेर करीब २५ करोड ५६ लाख रुपैयाँ पुग्दा सञ्चालन नाफा भने साढे ७ करोड रुपैयाँबाट घटेर साढे ९ लाख रुपैयाँभन्दा तल झरेको छ।

चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा करीब १ करोड ७० लाख रुपैयाँ र रिजर्भमा १७ करोड रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ५ अर्ब ६६ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेर १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

कम्पनीको आधारदर १२.९६ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*