मिथिला लघुवित्तको नाफा ७७ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्षको यसै अवधिसम्म ३ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष भने ७७ प्रतिशत बढी खुद नाफा गरेको हो।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो। गत वर्ष ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष १३ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
त्यसैगरी कम्पनीले गत वर्ष साढे ३ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा यस वर्ष ११५ प्रतिशतले वृद्धि भएर ७ करोड ५९ लाख रुपैयाँ नाघेको छ। कम्पनीको खराब कर्जा ४.६८ प्रतिशत छ।
चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १९ करोड रुपैयाँ रहेको छ। कम्पनीले साढे १ अर्ब रुपैयाँ सापटी लिएर २ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह र १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ २२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ९८ पैसा रहेको छ।














Ok