स्वरोजगार लघुवित्तको नाफा र ईपीएस दोब्बर बढीले वृद्धि, लाभांश क्षमता कति?

काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।
गत वर्षको यसै अवधिसम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ११९ प्रतिशत बढी खुद नाफा गरेको हो।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) पनि दोब्बरभन्दा बढीले वृद्धि भएको छ। गत वर्ष कम्पनीको ईपीएस १४ रुपैयाँ ५४ पैसा रहेकोमा यस वर्ष बढेर ३० रुपैयाँ ९३ पैसा पुगेको छ।
गत वर्ष कम्पनीले २६ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर ४३ करोड ८६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। गत वर्ष कम्पनीको सञ्चालन नाफा ७ करोड रुपैयाँ रहेकोमा चालू आवमा २ सय प्रतिशतले बढेर २१ करोड रुपैयाँ नाघेको छ।
चुक्ता पूँजी ६९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ४१ लाख रुपैयाँ र रिजर्भमा करीब २९ करोड रुपैयाँ रहेको छ। कम्पनीले ४ अर्ब ३० करोड रुपैयाँ सापटी लिएर ९ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह र ४ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
खराब कर्जा समेत सुधारेर ५.३९ प्रतिशतमा झरेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा र कुल वितरणयोग्य नाफा (लाभांश क्षमता) २० करोड ४१ लाख रुपैयाँ रहेको छ।













