इन्फिनिटी लघुवित्तद्वारा ठूलो संख्याले विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२३ बैशाख २०८२, मंगलवार १२:१६

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ठूलो संख्याहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरु माग गरेको हो ।
संस्थाका अनुसार सो पदहरुमा आवेदन एसएलसी देखि स्नाकोत्तर तहसम्म उत्तिर्ण गरेको हुनुपर्ने छ । उल्लेखित पदहरुमा आवेदन दिनको लागि उम्मेद्वारहरुलाई दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म दस्तुर लाग्ने भएको छ । इच्छुक उम्मेद्वारहरुले संस्थाको आधिकारीक वेबसाइट https://infinitylbsl.com.np/career/ मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।














