मंगलबार ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२३ बैशाख २०८२, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज कारोबार भएका १२० वटा कम्पनीहरुले शेयरमूल्यमा हरियाली छाएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्रीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार रिडी पावर कम्पनीको ९.९१ प्रतिशत र ग्रीन भेन्चर्सको ६.९४ प्रतिशतले बढेको छ ।














