हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२३ बैशाख २०८२, मंगलवार १५:११

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज समग्रमा आठ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ९२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ३८ करोड २२ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ३६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*