बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२४ बैशाख २०८२, बुधबार १५:१६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री, बुटवल पावर कम्पनी र पिपल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक मुनाफा कमाउन सफल भएका छन् ।














