हकप्रद निष्कासनका लागि छ्याङ्दी हाइड्रोले तोक्यो बुक क्लोजको मिति
२५ बैशाख २०८२, बिहीबार ०६:५८

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आउँदो जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता साधारण शेयर बराबर १ कित्ता नयाँ शेयरका दरले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको थियो।
बोर्डले कम्पनीलाई प्रतिकित्त अंकित मूल्य १ सय रुपैयाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। हकप्रद निष्कासनबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्नेछ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गर्ने भएकाले जेठ १ गतेसम्म नेप्सेमा यस कम्पनीको साधारण शेयर खरीद गरेका लगानीकर्ताहरूले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।













