श्रीजनशील लघुवित्तको नाफामा गिरावट, कस्ता छन् अन्य सूचांक ?

२५ बैशाख २०८२, बिहीबार १०:५०

काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको मुनाफा, सञ्चालन आम्दानी सामान्य अंकले घटेपनि ब्याज आम्दानी बढेको छ ।

कम्पनीले समीक्षा अवधिमा दुई करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत वर्ष कम्पनीले दुई करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

खुद ब्याज आम्दानी ७ करोड ७८ लाखबाट बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । यता, इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको भन्दा कम छ । तर, अन्य सञ्चालन आम्दानी ५ करोड ८ लाखबाट घटेर २१ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । त्यसले नाफामा दबाब परेको हो ।

१० करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड २४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (वार्षिक) २८.९१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२९.७३ रुपैयाँ छ । एनपीएल ९.५८ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*