जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा सेटिङ, संसदमा उठ्यो प्रश्न

२५ बैशाख २०८२, बिहीबार १२:१४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा भएको भनिएको मिलेमतोबारे छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद मोदीले ऊर्जा मन्त्रालयका मन्त्री र हाइड्रोपावरका कार्यकारी निर्देशकबीच सेटिङ भएको भन्दै गम्भीर आशंका व्यक्त गरे। उनले यस विषयमा सार्वजनिक रुपमा सञ्चारमाध्यमहरूमा समाचार आएको भन्दै छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले प्रश्न गर्दै भने, ‘के सरकार सेटिङ र मिलेमतोमै चलिराख्ने हो?’ सांसद मोदीका अनुसार यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगिसकेको छ र खरिद नियमावलीको उल्लंघन भएको भन्ने दाबीसमेत गरिएको छ।

‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा ऊर्जा मन्त्रालयका मन्त्री र कम्पनीका कार्यकारी निर्देशकबीच मिलेमतो भएको कुरा बाहिर आएको छ’ सांसद मोदीले भने, ‘मन्त्रीको समेत संलग्नता भएको गम्भीर आरोप लागेकाले यसमा सत्यतथ्य छानबिन होस् भन्ने माग गर्दछु।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*