बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

२८ बैशाख २०८२, आईतवार ११:०२

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार उक्त उपकरणका लागि आइतबार नै बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

२१ दिन अवधिको यो निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले तरलता चाप घटाउने प्रयास गरेको हो। यसअन्तर्गत संकलन भएको रकमको साँवा र ब्याज भुक्तानी मिति जेठ ११ गते तोकिएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ, जसमा प्रतिस्पर्धात्मक दरका आधारमा छनोट गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। माग बढी भएमा समानुपातिक रूपमा बाँडफाँट हुने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*