छिमेक लघुवित्तको नाफा बढ्यो, नौ महिनामा ३७ अर्ब ६३ करोड निक्षेप संकलन

२८ बैशाख २०८२, आईतवार ११:४८

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

आइतबार प्रकाशित वित्तीय विवरण अनुुसार चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा संस्थाले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ३२.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २० करोड ६४ लाख रुपैयाँ पुगेको छ । साथै लघुवित्तको सञ्चालन आम्दानी १२ करोड २ लाख रुपैयाँ छ भने वितरण योग्य मुनाफा १८ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा ३७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३९ अर्ब २८ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चैत मसान्तसम्मको अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ १४ पैसा छ । निष्कृय कर्जा अनुपात २.६० प्रतिशत रहेको छ । चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*