घट्यो पुँजी बजारः फाइनान्समा डुबे लगानीकर्ता, मार्केटमा किन पर्ख र हेरको रणनीति ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन बजार ओरालो लागेको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको बजारले आज पनि सोहि निरन्तरता दिएको हो ।
वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल राष्ट्र बैंक अहिले गभर्नर बिहिन अवस्थामा रहेको छ । राजनीति भागबण्डाले गभर्नर नियुक्ति आइरहेको विवादले लगानीकर्ता अन्यौलमा रहेका छन् । मनोबल कमजोर भएको हुँदा लगानीकर्ता लगानी गर्ने डराइरहेको अवस्था छ ।
लगानीकर्ताले पुँजी बजारमैत्री गभर्नर र आगामी आर्थिक वर्षको बजेट पर्खि रहेका हुन् । जस कारण यो समयमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यी दुई माग सम्बोधन हुन सके बजार नयाँ रौनक आउने विश्वास लगानीकर्ताहरुले गरिरहेका छन् ।
बैंकहरूको ब्याजदर घट्दै जानु, तरलताको सहजता तथा धितो कर्जाको प्रवाहले बजारलाई टेवा दिएको छ । अब आगामी बजेटमार्फत लगानीमैत्री योजना र माग पक्ष सबल बनाउने कार्यक्रम ल्याउन सकेमा बजारमा नयाँ ऊर्जा आउने विश्वास गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५३ अकंले घटेर २६५०.११ बिन्दुमा कायम भएको छ । आज ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब २० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
बजार घटेपनि आज होटल तथा पर्यटनमा भने उछाल आएको छ । आइतबार होटल तथा पर्यटन समूहको ६.५० प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, विकास बैंकको १.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । फाइनान्सको शेयर मूल्य सर्वाधिक ३.७२ प्रतिशतले घटेको छ । पछिल्लो समय फाइनान्स कम्पनीहरुको शेयर मूल्य उतार चडाब आइरहेको छ । जसमा साना लगानीकर्ता डुबि रहेका छन् ।

आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ ।













