गभर्नर बन्न सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले दिए राजिनामा, देउवाले गभर्नरमा अघि बढाउँदै

२८ बैशाख २०८२, आईतवार २०:०६

काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेसँगै गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजिनामा दिएका छन् ।

डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेपछि उनले राजिनमा दिएको बुझिएको थियो । तर, डा. पौडेललाई सरकारले गभर्नर नियुक्त गरेमा उनको नियुक्ती गैर कानुनी हुनसक्ने जानकारहरु बताँउछन् ।

यसअघि एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई भित्र्याएको थियो ।

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र डा। विश्व पौडेलको राजिनामा पछि गभर्नरको प्रकृया पुनः लम्बिने देखिएको छ ।

सत्ता गठबन्धनकै जग हल्लाउने आशंका गरिएको गभर्नर पदमा डा। विश्व पौडेलको नयाँ नामको प्रवेशले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमती भएको बुझिएको छ।

डा। विश्व पौडेलको, जसबारे यसअघि नै कांग्रेस सभापति देउवाले प्रस्ताव लैजान खोजेका थिए । तर त्यस बेला पौडेल नै इच्छुक देखिएका थिए ।

यसअघि तयार पारिएका दुई नामबारे कांग्रेस(एमालेबीच साझा मत बन्न नसकेपछि उनै पौडेल अघि सारिएका छन्, जो यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका अर्थशास्त्री हुन् । कांग्रेसले प्रस्ताव गरे पनि पौडेलेको नाममा एमाले नेतृत्व पंक्तिसमेत आश्वस्त देखिएको छ । अन्य कुरा यथावत रहेमा सम्भवतः उनी नै अब राष्ट्र बैंकको नेतृत्व सम्हाल्न पुग्नेछन् ।

यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, अनि कामु गभर्नर डा. निलम तिम्सिना ढुंगानाको नाम चर्चामा रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*