साना किसान लघुवित्त मुनाफा ५४ करोड, खराब कर्जा र इपीएससहित अन्य सूचक कस्ता ?

२९ बैशाख २०८२, सोमबार १०:००

काठमाडौँ । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुनगत आर्थिक वर्षको तुलनामा १.९३ प्रतिशतले बढी हो । गत वर्ष ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.२६ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३४ लाख रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

यता, सञ्चालन नाफा पनि ५.२४ प्रतिशतले घटेर ७९ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।

यता, चुक्ता पुँजी भने १३.३० प्रतिशतले बढेर ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ । रिजर्भमा ४ अर्ब १० करोड रुपैयाँ बढी रहेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड र खराब कर्जा २.५५ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १.८८ रुपैयााले घटेर १६.८५ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ भने २३१.७१ रुपैयाँ छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*