नेप्सेको ताकेता : ‘एनओटीएस लगइन’ मार्फत विवरण अद्यावधिक गर्न सूचीकृत कम्पनीहरूलाई आग्रह

३० बैशाख २०८२, मंगलवार १६:४४

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुलाई आफ्नो विवरण यथाशिघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ। नेप्सेले एक सूचना प्रकाशित गर्दै NOTS Login मार्फत उपलब्ध हुने विवरणहरु ‘कम्पनी प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समितिका सदस्यहरु तथा वित्तीय विवरण’ नेप्सेको वेबसाइटमार्फत लगानीकर्ताहरुलाई जानकारी गराइने व्यवस्था रहेको जनाएको छ।

तर, केही सूचीकृत संस्थाहरुले आफ्ना विवरणहरु प्रविष्ट नगरेको वा अद्यावधिक नगरेको अवस्थालाई गम्भीर रुपमा लिँदै, नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा उल्लेखित दायित्वहरुको पूर्ण पालना गर्न सबै संस्थाहरुलाई अनुरोध गरेको छ।

साथै, सार्वजनिक रुपमा उपलब्ध यी विवरणहरुले लगानीकर्ताहरुले सही निर्णय लिन सघाउने हुँदा समयमै अद्यावधिक गर्न संस्थाहरुको जिम्मेवारी रहेको पनि नेप्सेले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*