वाणिज्य बैंकहरुको ब्याजदर सामान्य घट्योः १४ वटाले अघिल्लोलाई नै निरन्तरता, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदरमा सामान्य घटेको छ । बजारमा पर्याप्त तरलता रहेको र कर्जा प्रवाहमा सुस्तता देखिँदै आएको सन्दर्भमा ब्याजदर घटाउने क्रम जारी रहेको हो ।
जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ५.९४ प्रतिशतमा झरेको छ, जुन वैशाखमा ५.९८ प्रतिशत थियो। यसरी औसतमा ०.०४ प्रतिशत अंकको गिरावट आएको हो।
अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। २० वाणिज्य बैंकमध्ये १४ बैंकले वैशाखमा कायम दरलाई जेठमा पनि यथावत राखेका छन्, भने ३ बैंकले ब्याजदर घटाएका छन्। त्यस्तै, बाँकी ३ बैंकले भने आंशिक वृद्धि गरेका छन्।

ब्याजदरमा आएको निरन्तर गिरावटसँगै अब बैंकहरूको आधार दरमा पनि कमी आउने गरिएको छ।












