पुँजी बजारका लगानीकर्ता माँझ सही सूचना पुऱ्याउन अहम् भूमिका खेल्न सकोस्ः सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको शुभकामना

काठमाडौँ । बीमापोष्ट डटकमको पाँचौ वार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका सन्तोष नारायण श्रेष्ठले शुभकामना ज्ञापन गर्दै आम जनतालाई पुँजी बजारको दायरामा ल्याई आर्थिक समुन्नतितर्फ अग्रसर गराउन तथा लगानीकर्ता माँझ सही सूचना पुर्याउन सञ्चार माध्यमहरुको अहम् भूमिका रहेको बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै बीमा, बैंक तथा वित्तीय संस्था, एवं धितोपत्र बजार सम्बन्धी ताजा सूचना तथा समाचारहरु पस्केर व्यवसायिक, निष्पक्ष, स्वतन्त्र रुपमा सञ्चालित बीमापोष्ट डटकम नामक अनलाईनले यस क्षेत्रको दीगो विकास, स्थायी आर्थिक नीति तथा वित्तीय साक्षरता सम्बन्धी जनचेतना जनताको घरआँगनमा पुयाएर पत्रकारिताको माध्यमबाट योगदान पुर्याएकोमा विशेष धन्यवाद दिनु भएको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिनुभएको शुभकामना सन्देशः
शुभ-कामना
नेपालको अर्थतन्त्रबारे गहन सूचना तथा समाचार पस्किदै आएको राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम (www.beemapost.com) अनलाईन सञ्चार माध्यम आजबाट पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
पुँजि बजारमा स-साना सूचनाको ठूलो महत्व हुन्छ । आम जनतालाई पुँजी बजारको दायरामा ल्याई आर्थिक समुन्नतितर्फ अग्रसर गराउन तथा लगानीकर्ता माँझ सही सूचना पुऱ्याउन सञ्चार माध्यमहरुको अहम् भूमिका रहेको हुन्छ । देशको अर्थतन्त्र चलायमान बनाउन धितोपत्र बजारले समेत भूमिका खेलिरहेको हुन्छ । धितोपत्र बजारको विकास र विस्तारबाट मात्रै देशको उत्पादनमूलक तथा सेवा मुलक क्षेत्रमा लगानी अभिवृद्धि गर्न सम्भव हुन्छ ।
बीमा, बैंक तथा वित्तीय संस्था, एवं धितोपत्र बजार सम्बन्धी ताजा सूचना तथा समाचारहरु पस्केर व्यवसायिक, निष्पक्ष, स्वतन्त्र रुपमा सञ्चालित बीमापोष्ट डटकम नामक अनलाईनले यस क्षेत्रको दीगो विकास, स्थायी आर्थिक नीति तथा वित्तीय साक्षरता सम्बन्धी जनचेतना जनताको घरआँगनमा पुयाएर पत्रकारिताको माध्यमबाट योगदान पुर्याएकोमा विशेष धन्यावाद दिन चाहन्छु ।
२०७८ साल वैशाख ३१ गतेबाट सुरुवात भई स्थापनाको छोटो अवधीमा नै आम जनमानसमा विश्वसनीय बनेको बीमापोष्टले मनाउन लागेको पाँचौं वार्षिकोत्सवको पावन अवसरमा सम्पूर्ण परिवार तथा पाठक वर्गहरुमा समेत उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ बैशाख ३१
सन्तोष नारायण श्रेष्ठ
अध्यक्ष












